Nepal Telecom

अन्तराष्ट्रिय गुणस्तरको पावर आयल लुब्रीकेन्टस् पोखरामा

पोखराको नयाँबजारमा रहेको ईयोर्स इजी ट्रेडर्सले भारतमा उत्पादित पावर आयल लुब्रीकेन्टसको बिहीबार देखी औपचारिक रुपमा गण्डकी र धवलागिरी अञ्चलमा विक्रि वितरण शुरु गर्ने भएको छ ।

विश्वका प्रतिष्ठित लुब्रिकेन्ट्सहरुमा अपार इण्डष्ट्रिज लिमिटेडद्धारा उत्पादित अग्रपंक्तिमा रहेको पावर आयल लुब्रिकेन्टस्का लागि नेपालमा श्री एसटिसी प्रा.लि. र पोखरामा आक्रामक रुपमा बजार प्रवद्र्धन गर्न लागेको ईजी ट्रेडर्सका अध्यक्ष छविलाल सुवेदीले बताए ।

साना, मझौला तथा ठूला सवारी साधनहरुका लागि विश्वमै उच्च गुणस्तरको लुब्रीकेन्टसका रुपमा प्रयोग हुदै आएको र कम्पनीले लुब्रीकेन्टस थोक तथा खुद्रा मूल्यमा उपलब्ध गराउने बताइएको छ ।

पोखराका ३ युवा उद्यमीहरु छविलाल सुवेदी, ईन्द्रबहादुर गुरुङ्ग र प्रेमबहादुर गुरुङ्ग मिलेर संचालन गरिएको उक्त कम्पनीले चाडपर्वका अवसर पारेर छिट्टै विभिन्न उपहार योजनाहरुका साथ विक्रि वितरणलाई तिव्र पारिने बताइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*