Nepal Telecom

हेण्डसम पोखरा दिपेन्द्र नेपाल विद्याभूषणद्धारा विभुषित

३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा हेण्डसम पोखरा २०१२ का विजेता दीपेन्द्र मल्ल नेपाल विद्याभूषण “ख” पदकद्वारा विभूषित भएका छन्।

क्याक्मी–५, स्याङ्जाका बुबा रेशबहादुर मल्ल र मुमा मनकुमारी मल्लको कोखबाट जन्मेका मल्ललाई यही भाद्र २३ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित विषेश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक तथा प्रमाणपत्रद्धारा विभुषित गर्नुभएको हो ।

सन् २०१५ मा एटर्नल युनिभर्सिटी भारतबाट स्नातकोत्तर तह पब्लिक हेल्थ विषयमा उच्चतम तहको ग्रेड प्वाइन्टसहित प्रथम श्रेणीमा उत्तीर्ण गरेर एटर्नल युनिभर्सिटीबाट सम्मानित भइसकेका छन् ।

हेण्डसम पोखरा २०१२ को उपाधिबाट सम्मानित मल्ल पोखरा विश्वविद्यालय, पब्लिक हेल्थ स्नातक तहमा डिन लिस्ट उपाधि प्राप्त गर्न सफल भएका थिए ।

न्यू मोडल आवासीय माविबाट २००६ मा एसएलसी उत्तीर्ण गरेका मल्लले अमरसिंह उच्च माविबाट प्रमाणपत्र र पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातक तह र एटर्नल युनिभर्सिटी भारतबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह पूरा गरेका छन् ।

अध्ययन सँगै चित्रकला, समाजसेवा र मोडलिङ्गमा  समेत विशेष रुचि  राख्ने मल्ल  हाल  नेपाली  प्राविधिक  सहयोग समूहको आपतकालीन अवस्थामा गरिने पोषण सम्बन्धी पुर्नलाभ  कार्यक्रममा जिल्ला  सूचना  व्यवस्थापन  अधिकृतका रुपमा काभ्रेमा कार्यरत छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*