Nepal Telecom

रानाभाटको घरदैलो कार्यक्रममा व्यवसायी सकरात्मक

पोखरा उद्योग वाणिज्य संघको सदस्य पदका उम्मेदवार पत्रकार कृष्ण बहादुर रानाभाटले पोखराको आर्थिक समुन्नतीका लागि आफुले सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

बुधवार पोखराका विभिन्न प्रतिष्ठीत व्यवसायीहरुसँगको भेटघाट र घरदैलो अभियानका क्रममा रहेका रानाभाटले व्यवसायीहरुलाई सम्वोधन गर्दै, उद्योग वाणिज्य संघलाई शुद्ध व्यवसायिक साझा थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रानाभाटले भने आफू सधै व्यवसायीको पक्षमा वकालत गर्ने र व्यवसायीका पिर र मर्काका वारेमा सधै हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

अहिले पोखरा उद्योग वाणिज्य संघको चुनावमा पनि राजनीतिकरण गर्न खाजिएको छ, यसको अन्त्य गर्ने भन्दै रानाभाटले भने व्यवसायीका हकहितका लागि सधंै लडिरहनका लागि उमेद्ववारी दिएको बताए ।

सदस्य पदका उम्मेदवार रानाभाटले बुधवार न्यूरोड, चिप्लेढुङगा, पृथ्वीचोक, सृजनाचोक, नयाँबजार लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायीहरुसँग भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिका सदस्य सागर कार्कीले बताए ।

भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि कुनै पनि समुहमा नरहि स्वतन्त्र रुपमा सदस्य पदको उम्मेदवार वनेका रानाभाटले समृद्ध पोखरा निर्माणका लागि आफुले सक्दो काम गर्ने अभियानप्रति सवै व्यवसायीहरु सकारात्मक रहेको टिप्पणी गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*