Nepal Telecom

अन्तराष्ट्रिय स्तरका साहित्यकारहरु पोखरामा आउने

सुदीप त्रिपाठी प्रतीक/ वर्ड वारिअर्स र किहोतेज कोभको आयोजनमा यही असोज १ देखि नेपालका विभिन्न चार सहरमा वर्ड एक्सप्रेस द स्पोकन वर्ड जात्रा नामक कविता उत्सव सञ्चालन भईरहेको छ ।

यस अघि उक्त कार्यक्रम नेपालको काठमान्डौ, ललितपुरमा भैसकेको छ चितवनमा सोमबार हुनेछ भने पोखरामा विहीबार हुने आयोजक मध्येका एक उज्जला मर्हजनले जानकारी दिनुभयो । पोखरामा हुने कार्यक्रमको लागि भारतबाट रोशेल डी, सिल्भा र दिव्या दुरेजा, मलेशियाबाट मेलिजारानी टि सेल्भा, पाकिस्तानबाट जेनब जाहरा सैद, फिलिपिन्सबाट जुएला हरेरा, सिंगापुरबाट डेबोरा इमानुएल, अमेरिकाबाटा सारा के र नेपालबाट वर्ड वारियर्स सहभागी हुँदैछन् ।

उक्त कार्यक्रमको लागि अन्तराष्ट्रिय स्तरका साहित्यकारहरु पोखरा आउने भएका हुन् । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयमा हुने उक्त कार्यक्रममा स्पोकन वर्ड कविताको बारेमा छलफल गरिनुका साथै विभिन्न स्पोकन वर्ड कविताहरु प्रस्तुत गरिने वर्ड वारिअर्स पोखराका सदस्य बसन्त सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा वर्ड वारिअर्स स्पोकन वर्ड कला शैलको प्रयोग विद्यार्थीहरुमा पठन संस्कृतिको विकास, साहित्यीक समुदाय गठन र सिमान्तकृत वर्गहरुमा अभिव्यक्ति अवसर सिर्जना गर्नका लागि कसरी प्रयोग गर्न सकिन्न भन्ने विषयबस्तु क्षेत्रीय स्तरमा चर्चा हुने सुवेदीले बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*