Nepal Telecom

गन्धरव युवा क्लवद्धारा बाटुलेचौरमा सरसफाई

सुदीप त्रिपाठी प्रतीक/ गन्धरव युवा क्लवले पोखरा उपमहानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको हेल्थपोष्ट देखि मध्यमपथ सम्मको क्षेत्रफलमा सरसफाई गरेको छ ।

सरसफाईका क्रममा संकलित फोहोरलाई उचित व्यवस्थापन गर्न पोखरा उपमहानगरपालिकाको फोहोर संकलन गाडी बोलाई फोहोरको व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा नेपाल गन्र्धव सामुदायिक विकास केन्द्रका अध्यक्ष भोज बहादुर गायकले क्लवले स्थापनको छोटो समयमा नै यस्तो खालका कार्यक्रमहरु सञ्चालन गरेर सामाजिक उत्तरदायित्व वहन गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्लवमा आवद्ध सदस्य लगायत अन्य समुदायका गरेर ५० जनाको संलग्नतामा सरसफाई कार्यक्रम गरिएको सुनील गायकले जानकारी दिनुभयो ।

गन्धरव युवा क्लवका अध्यक्ष रञ्जन गायकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गन्धरव सामुदायिक विकास केन्द्रका सल्लाहकार भीम गायक मानार्थ सदस्य खिम बहादुर गायक, सामुदायिक विकास केन्द्र उपाध्यक्ष दिनेश गायक लगायतले बोल्नुभएको थियो । सुवास गायक संयोजक रहेको सो कार्यक्रमको सञ्चालन सचिव पुजा गायकले गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*