Nepal Telecom

दोबिल्ला संकटमा, माओवादी कास्कीद्धारा दुःख ब्यक्त

पोखरा उपमहानगरपालीका वडा नं. १७ दोवील्ला वस्ती खतरामा परेको छ । मन्दाकीनी नदी (फुस्रेखोला ) र सेती नदी दुबै तर्फबाट कटानमा रहेको सो बस्तीमा मानीसहरु राम्रोसँग निदाउन सकेका छैनन् । ३ दिन अघीबाट नदीले तीब्ररुपमा निरन्तर दोबील्ला कटान गरीरहेको छ ।

नदिको कटानका कारण दोबील्ला हुदै बागमारा जाने पुल लगायत सो क्षेत्रको सम्पुर्ण बस्ती धरापमा परेको छ ।

अहिले सो स्थानबाट जाने र आउने सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । यस अघि देखि नै दोबिल्ला क्षेत्र संकटमा परेको भन्दै त्यहाँका स्थानियहरुले विभिन्न प्रयास गरेका थिए ।

मंगलवार नेकपा (माओबादी केन्द्र) का पोलीटब्युरो सदस्य राजकाजी गुरुङ्ग (करण) सोही पार्टीका केन्द्रिय सदस्य रामजी बराल लगायतका नेताहरु सो स्थानमा पुगेका थिए । अनौपचारीक कार्यक्रममा राजकाजी गुरुङ्गले जनताको बिषम परिस्थितिमा माओबादी सधैं जनतासँगै रहेकोमा अब दोबील्ला बचाउने जिम्मेबारी आफ्नो काँधमा आएको बताए । दोवील्लाको वस्ती बचाउनको लागि अल्पकालीन र दिर्घकालीन योजना बनाइने र तत्काल कार्यन्यन अगाडी बढ्ने करणले सो अवसरमा सहभागिहरुलाई आस्वासन दिए ।

कार्यक्रममा साहारा क्लबका अध्यक्ष बिरभद्र आचार्य सल्लाकार विक्रम थकाली, दोबील्ला टोल विकासका अध्यक्ष गौतम गिरी बरिष्ठ समाजसेवी इश्वरी गिरी लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*