Nepal Telecom

भारतीय राजदुत रायद्धारा गुप्तेश्वर क्याम्पसको भवन शिलान्यास

भारतीय सरकारको अनुदान सहयोग तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माणाधिन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास नेपालका लागि भारतीय राजदुत महामहिम रणजीत रायले बिहीबार आयोजित बिशेष समारोहमा गरेका छन् ।

पोखरा १७ छोरेपाटनस्थित ६ रोपनी क्षेत्रफल जग्गामा निर्माण हुन लागेको ३ तले भवनमा २१ कोठा र १० शौचालय हुनेछन् । भारत सरकारको करिब ५ करोड अनुदान सहयोगमा निर्माण हुन लागेको सो भवन रहेको स्थानमा जानको लागि यस अगाडि नै झोलुङ्गे पुल निर्माण गरि सकेको छ ।

उक्त भवनको निर्माणको लागि गत श्रावण १४ मा ठेकेदार मुक्तिराम रेग्मीलाई दिइएको थियो र सो भवन आगामी २०७४ सालको कार्तिक १३ मा सम्पन्न गरिने लक्ष लिइएको छ ।

कास्की जिल्लाका स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा भएको सो समारोहमा प्रजिअ हरिप्रसाद मैनाली, सभासद द्धय दिल बहादुर नेपाली र वृन्दा रानामगर, पुर्व गभर्नर डा. दीपेन्द्र बहादुर क्षेत्री, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, जिल्ला विकास समिति कास्कीका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

gupteswor-mahadev-multiiple-campus-pokhara-1

gupteswor-mahadev-multiiple-campus-pokhara-3 gupteswor-mahadev-multiiple-campus-pokhara-4 gupteswor-mahadev-multiiple-campus-pokhara-5 gupteswor-mahadev-multiiple-campus-pokhara-6 gupteswor-mahadev-multiiple-campus-pokhara-7 gupteswor-mahadev-multiiple-campus-pokhara-8 gupteswor-mahadev-multiiple-campus-pokhara-9 gupteswor-mahadev-multiiple-campus-pokhara-10 gupteswor-mahadev-multiiple-campus-pokhara-11 gupteswor-mahadev-multiiple-campus-pokhara-12 gupteswor-mahadev-multiiple-campus-pokhara-13 gupteswor-mahadev-multiiple-campus-pokhara-14

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*