Nepal Telecom

गणतान्त्रिक खेलकुद महासघंको अध्यक्षमा चन्द

काठमाडौं जेठ २४ – नेपाल गणतान्त्रिक खेलकुद महासंघ अध्यक्षमा जयन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

चन्दसहित ३३ जना  कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेप स्थित सेमिकभर्ड हलमा आइतबार भएको साधारण सभाले उपाध्यक्षमा बिमला पौडेल, महासचिवमा नरबहादुर पुन, सचिवमा प्रेमनाथ श्रेष्ठ र कोषाध्यक्षमा सिबि सिंह निर्विरोध चयन भएका हुन् ।

त्यस्तै अन्य सदस्य पनि निर्विरोध चयन भएका छन् । ७५ जिल्लाका प्रतिनिधिहरुले ४५ सदस्य कार्यसमितिलाई २ वर्षको लागि निर्विरोध चयन गरेका हन् । जसमा ३३ जना निर्विरोध चयन भएका छन्भने १२ जना मनोनित हुन बाँकी छ । निर्विरोध चयन भएसँगै चन्दले अध्यक्षतामा निरन्तरमा पाएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*