Nepal Telecom

दर्शन सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ठकुरी संगम परिवार कास्की (ठकुरी समुदाय) द्धारा संचालित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भयो ।

darshan-saving-credit-pokhara12

कार्यक्रममा प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रशिक्षक बालकृष्ण सुवेदीले सभाको उद्घाटन गदै सहकारीका सदस्यहरुलाई ढुक्क भई आफ्नै संस्थामा कारोबार गरी अगाडी बढेमा ठकुरीहरुको सामाजिक, साँस्कृतिक एवं आर्थिक विकासमा परिवर्तन हुने बताए । साथै उनले कास्की जिल्लामा छरिएर रहेका सम्पूर्ण ठकुरीहरुलाई सहभागि गराई नमुना सहकारीको रुपमा स्थापित गर्न सुझाव तथा शुभकामना दिएका थिए ।

darshan-saving-credit-pokhara05

सभामा संस्थाका अध्यक्ष खिमबहादुर शाहीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष कल्याण हमालले आर्थिक प्रतिवेदन र लेखा संयोजक चक्रबहादुर शाहीले लेखा प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनहरु छलफल भई सर्वसम्मतिले पारित गरिएको थियो ।

darshan-saving-credit-pokhara11

संस्थाको हाल शेयर पुँजी ५७ लाख १० हजार, निक्षेप १ करोड १० लाख ६८ हजार ७० रुपैया १८ पैसा र कर्जा १ करोड ४० लाख ५४ हजार ७ सय ११ रुपैया २२ पैसा र कुल शेयर सदस्य १८१ जना रहेको अध्यक्ष शाही बताए ।

darshan-saving-credit-pokhara06

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु नितुकुमारी शाही र दिलकुमारी खाँणलाई सम्मान गरिएको थियो । संस्थाका जेष्ठ सदस्यहरु सिंहध्वज मल्ल, लक्ष्मी मल्ल, निलबहादुर मल्ल, डम्बरबहादुर मल्ल, पदम सिंह, लोकबहादुर खाँण, नुरबहादुर हमाल र दानबहादुर चन्द पनि सम्मानित भएका थिए भने एसएलसीमा उत्कृष्ट अंक ल्याउन सफल शेयर सदस्यका छोरीहरु प्रज्ञा शाही र अनुष्का खाँण तथा संस्थाका पूर्व कर्मचारी सम्झना हमाल सम्मानित भएका थिए ।

darshan-saving-credit-pokhara05

सो सभामा शेयर सदस्यहरु लक्ष्मी खाँण, चित्रबहादुर मल्ल, नेत्रबहादुर शाही, क्या. खड्कबहादुर शाही, नारायणजंग शाही र ठकुरी युवा परिवारका अध्यक्ष पितमबहादुर सेनले सहकारीको महत्वका विषयमा बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुकुमारी उच्चै तथा संचालन धनबहादुर शाहीले गरेका थिए ।

darshan-saving-credit-pokhara08

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*