Nepal Telecom

कस्केली अधिकृत समाजद्धारा शुभकामना आदानप्रदान

पोखरा, २० असोज/ कस्केली अधिकृत समाज पोखराले शुभ विजयादशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

kaskeli-adhikrit-samaj-pokhara03

कार्यक्रमका विशेष अतिथि एवं अर्थविद डा. गोविन्दबहादुर थापाले साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका हाम्रा चाडपर्वहरु मनाउने क्रममा अरुको देखासिकी र अनावश्यक फजुल खर्च नगरी स्वास्थ्यलाई विशेष ध्यान दिई चाडपर्वहरु मनाउनुपर्नेमा जोड दिनुभयो ।

kaskeli-adhikrit-samaj-pokhara01

कार्यक्रममा कस्केली अधिकृत समाजका अध्यक्ष बाबाले सवै चाडपर्वहरुको एकमुष्ट शुभकामना व्यक्त गर्दै आर्थिक क्षमता अनि हैसियत अनुसार खुसी एवं हर्षउल्लासका साथ चाडपर्व मनाई रीतिरिवाज, चाडपर्व एवं परम्पराको अस्तित्वलाई जीवन्तता दिनुपर्ने बताए ।

kaskeli-adhikrit-samaj-pokhara08

उक्त कार्यक्रममा शिवप्रसाद पराजुली, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल लगायतले बोल्नुभएको थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्रबहादुर सुवेदी गरेका थिए ।

kaskeli-adhikrit-samaj-pokhara07

kaskeli-adhikrit-samaj-pokhara06 kaskeli-adhikrit-samaj-pokhara10

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*