Nepal Telecom

अनेसास गण्डकीको लक्ष्मी जयन्ती विशेष समारोह

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले शुभकामना आदानप्रदान, रचनावाचन तथा लक्ष्मी जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।

समारोहका वक्ताहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवित्वले आख्यान विधालाई ओझेलमा पारेको अनुभुत भएकाले उनको निबन्धकारीतालाई पनि समान चर्चाको विषय बनाउनु पर्ने कुरामा जोड दिए ।

inls-gandaki-laxmi-jayanti2

अनेसासका आजीवन सदस्य पितम सेन ठकुरीले आफूले एक दशक अगाडि निबन्ध प्रतियोगितामा सान्त्वना हुँदा लक्ष्मीप्रसाद देवकोटासहित तीन अग्रजका पुस्तक उपहार पाएको स्मरण गर्दै पुस्तक भित्रबाट एक निबन्ध वाचन गरेका थिए ।

inls-gandaki-laxmi-jayanti1

कार्यक्रममा गोमा ढकाल, कल्याण पन्त, सम्राट गुरुङ, मदन मल्ल छाया, प्रविन पुन मगरलगायतले देवकोटाको योगदानका बारेमा बोलेका थिए ।

inls-gandaki-laxmi-jayanti3

सोही समारोहबीच समितिका सदस्य कृष्ण रानाभाट सारथीको जन्मदिन पनि परेकाले जन्मदिनको शुभकामना आदानप्रदान गरिएको थियो । रानाभाटले आफ्नो जीवनलाई खेर जान नदिने प्रतिबद्धतासहितको कविता वाचन गरेका । अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव असफल गौतमले गरेका थिए ।

inls-gandaki-laxmi-jayanti4

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*