Nepal Telecom

ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित

हिलारी क्लिन्टनलाई उछिन्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित भएका छन् । क्लिन्टन डेमोक्र्याटिक र ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका लागि चुनावी मैदानमा थिए । अमेरिकी इतिहासमा १२ वर्ष लगातार डेमोक्र्याटिकले सत्ता चलाएकामा रिपब्लिकनले सत्ता सम्हाल्ने अवसर पाएको यो रेकर्ड नै हो ।

मंगलबार भएको निर्वाचनको मत परिणाममा ट्रम्पले कुल ५३८ इलेक्ट्रोल भोटको जीतका लागि आवश्यक २७० बढी इलेक्ट्रोल मत प्राप्त गरेका हुन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ इलेक्ट्रोरल भोटमा उम्मेद्वारलाई २७० इलेक्ट्रोरल भोटको आवश्यकता पर्दछ ।

सर्वाधिक २९ इलेक्ट्रोरल भोट रहेको ब्याटलग्राउण्ड राज्य फ्लोरिडासँगै अन्य निर्णायक ठानिएका राज्य लोहा, ओहायो, क्यारोलाइना पनि ट्रम्पले नै अग्रता लिएका हुन् ।  निर्वाचन अघि विभिन्न सर्वेक्षणले क्लिन्टनलाई अगाडि देखाएपनि नाटकीय मत परिणामले भने ह्वाइट हाउसमा ट्रम्पलाई स्वागत गरेको छ ।

सन् १९४६ मा अमेरिकाको न्युयोर्कस्थित जन्मिएका ट्रम्प रियल स्टेट व्यवसायी, टेलिभिजन व्याक्तित्व, लेखक र राजनीतिज्ञको रुपमा परिचित छन् । सन् २०१५ देखि राजनीति यात्रा आराम्भ गरेका ट्रम्प २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेद्वारको रुपमा रिपब्लिकन पार्टीबाट चुनिएका थिए ।

राष्ट्रपतिको उम्मेद्वार बनेदेखि विभिन्न विवादस्पद टिप्पणी गरेका कारण ट्रम्प पटक–पटक विवादमा तानिएका थिए । मुस्लिम समुदायलाई अमेरिकामा रोक लगाउनेदेखि आप्रावासीहरुलाई युरोप प्रवेशमा रोग लगाउनुपर्ने जस्ता अभिव्याक्तिका कारण ट्रम्प बारम्बार विवादमा मुछिएका थिए ।

ट्रम्पमाथि महिलाहरुमाथि यैन दुर्व्यवहार गरेको पनि आरोप लागेको थियो । जसका कारण पनि राष्ट्रपतिमा क्लिन्टन विजयी हुने धेरैको अनुमान थियो । निर्वाचन अघि विभिन्न मत सर्वेक्षणले समेत क्लिन्टनलाई नै अगाडि देखाएको थियो । तर बुधबारको मत परिणाम अनुसार अमेरिकनहरुले वाइट हाउसमा ट्रम्पलाई नै स्वागत गर्ने निर्णय गरेका छन् । -एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*