Nepal Telecom

ऋषीराम रानाभाट पुरस्कार ज्ञवालीलाई

पोखरा ११ पुस । ऋषीराम रानाभाट स्मृति पुरस्कार गीतकार कृष्ण अन्जान ज्ञवालीलाई प्रदान गरिने भएको छ । गुल्मीको रुरुमा जन्मेका ज्ञवालीका ‘पाल्पा रानीघाट’, ‘बगाले चरी’, ‘यसपाली पोखरा जाम्ला बरिलै’, ‘धरती फाट्ला आकाश फाट्दैन’ लगायतका गीति एल्बम र ‘सिर्जनाका फूलहरु’ कविता संग्रह प्रकाशित छन् ।

नेपाल ग्रामीण विकास बैंकका सहायक अधिकृत ज्ञवाली मानवअधिकार पत्रकार संघ हुर्जा पश्चिमाञ्चलका संस्थापकसमेत हुन् । क्षेत्रीयस्तरमा वितरण गरिदै आएको उक्त पुरस्कारको राशी पाँच हजार रहेको छ । यस अघि उक्त पुरस्कार दुई हरफ कविता कृतिका लागि दुर्गाबहादुर शाह बाबा, साहित्यकार मिलन समीर, सरस्वती शर्मा जिज्ञासु, अम्बिका भण्डारी र संगीतकार एनजे सागर शाह सम्मानित भइसकेका छन् ।

ठूलाडिही–६, स्याङ्जामा जन्मेका ऋषीराम रानाभाटको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ५० हजार अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिदै आएको छ ।उक्त कोष असफल गौतमको संरक्षकत्वमा, सङ्घर्षमा कलम पोखराको व्यवस्थापनमा वितरण हुँदै आएको संस्थाका अध्यक्ष कृष्ण सारथीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*