Nepal Telecom

पोखरामा वर्डप्रेस मिटअप हुने

पोखरा, पौष १२  | वर्डप्रेस पोखरा नेपालको आयोजनामा यही पौष १६ गते शनिबारका दिन एक दिवसीय ‘वर्डप्रेस मिटअप’ हुने भएको छ ।

पोखरा इन्जिनियरिङ्ग क्याम्पस फिर्केमा हुन गइरहेको सो मिटअपमा वर्डप्रेसमा लामो समयदेखि कार्य गर्दै आएका अनुभवि व्यक्तित्वहरु राकेश लावाजु राजनमणी पौडेल निलाम्बर शर्मा र सुरेश सापकोटाले सहजीकरण गर्ने भएका छन् ।

मिटअपमा सहभागि हुन वर्डप्रेसमा काम गरिरहेका, वर्डप्रेस सिकि आफ्नो भविष्य अगाडी बढाउन चाहने विद्यार्थी, शिक्षक, वेव डिजाइनर, वेव डेभलपर र वर्डप्रेसमा जिज्ञासा राख्ने जो कोहीले पनि सहभागि हुन सक्ने साथै सहभागिताको लागि कुनै पनि शुल्क नलाग्ने वर्डप्रेस पोखराका मिटअप संयोजक पितमबहादुर सेनले जानकारी दिए ।

वर्डप्रेस काठमाण्डौंको सहयोगमा सम्पन्न हुन गइरहेको सो मिटअपमा वर्डप्रेस काठमाण्डौंका यामबहादुर क्षत्रि र वर्डप्रेस पोखरा नेपालका महादेव सुवेदीको विशेष आतिथ्यता रहने भएको छ ।

विस्तृत जानकारीको लागिः https://www.facebook.com/events/1278568995539761/

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*