Nepal Telecom

नेपाल ठकुरी संगम परिवारको आठौं अधिवेशन सम्पन्न

नेपाल ठकुरी संगम परिवार कास्कीको आठौं अधिवेशनबाट क्या. फमबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा क्या. नेत्रबहादुर शाही र शेरबहादुर उच्चै, सचिवमा रामबहादुर हमाल, कोषाध्यक्षमा क्या. यामबहादुर हमाल, सहसचिवमा नविन शाही, सदस्यहरुमा यामबहादुर शाही, जगराज चन्द, लालबहादुर शाही र सिता सेन निर्वाचित भएका छन् । अन्य कार्यसमिति पदाधिकारीहरु कास्कीका सवै क्षेत्रहरुलाई समेट्ने गरि कार्यसमितिले नै विस्तार गर्ने अख्तियारी प्रदान गरेको छ ।

अधिवेशनमा बोल्दै अध्यक्ष शाहीले कास्कीमा रहेका सवै ठकुरी संघ संस्थाहरुलाई समेटि समाजलाई अगाडी बढाउने बताए । उहाँले समाजका भौतिक संरचना विकास निर्माण एवं ठकुरी जातिय एकता र अन्य जातजातिहरुसँग सहकार्य गरी समाजलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका प्रमुख संरक्षक मेजर तोयबहादुर चन्द, ठकुरी समाज महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष खिमबहादुर शाही, निवर्तमान अध्यक्ष नुरबहादुर हमाल, ठकुरी महिला समाज कास्कीका अध्यक्ष करुणा हमाल र क्या. खड्गबहादुर शाहीले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई आज नै नेपाल ठकुरी संगम परिवार कास्कीका प्रमुख सल्लाहकार इश्वरबहादुर हमालले सपथग्रहण गराएका थिए ।

निर्वाचन समितिका संयोजक इश्वरबहादुर हमालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य अशिलकुमार शाहीले गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*