Nepal Telecom

वर्डप्रेस पोखराको जनवरी मिटअप सम्पन्न

वर्डप्रेस पोखरा नेपालको आयोजनामा ‘वर्डप्रेस जनवरी २०१७ मिटअप’ ला ग्राण्डी इन्टरनेशनल कलेज सिमलचौरमा सोमबार सम्पन्न भएको छ ।

सो कलेजका विसिए प्रशासक ऋषि खनालले विद्यार्थीहरुलाई पाठ्यक्रममा रहेका विषयवस्तुहरु वाहेक अतिरिक्त क्रियाकलापहरुले उनिहरुको क्षमता अभिवृद्धि हुने बताउदै सूचना र प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई यस प्रकारको कार्यक्रम लाभदायक हुने बताउनुभयो ।

मिटअपमा डाइनामिक सफ्टटेकका विक्रम न्यौपानेले वर्डप्रेस र कलेज जीवन तथा गोरेटो सफ्टवेयर कम्पनीका निशाल गुरुङ्गले वर्डप्रेसमा म किन ? भन्ने विषयमा सहजीकरण गरेका थिए ।

मिटअपमा ला ग्राण्डीका विसिए विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु र विभिन्न कम्पनीमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
उक्त मिटअपको संचालन वेवपेज नेपालका संचालक एवं कार्यक्रमका संयोजक पितमबहादुर सेनले गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*