Nepal Telecom

सहकारी साक्षरता र जालिनोट पहिचान सम्बन्धि प्रशिक्षण सम्पन्न

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ छोरेपाटनको आयोजना वित्तिय सहकारी साक्षरता तथा जालि नोट पहिचान सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक दुर्गाबहादुर शाह बाबाले सहकारीमा आवद्ध सदस्यहरुलाई बैकिङ्ग तथा सहकारी शिक्षा एवं जालि नोटको कसरी पहिचान गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा करिव ५० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु कर्णेल टुकबहादुर मल्ल र सम्झना हमालले कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुहुदै वित्तिय सचेतना एवं सहकारी शिक्षा सम्बन्धि ज्ञान भएको खण्डमा मानव जीवनको दैनिक दिनचर्या सहज हुने बताउदै यस प्रकारको कार्यक्रम सहकारीले निरन्तर रुपमा संचालन गर्दै जानुपर्ने जोड दिएका थिए ।

सोही अवसरमा हालै सम्पन्न स्थानिय निर्वाचनमा माछापुच्छ्रे गाउपालिका वडा नं. ४ लाहाचोकबाट वडा अध्यक्षमा निर्वाचित सहकारीका शेयर सदस्य पूर्णबहादुर शाही र पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० बाट वडा सदस्यमा निर्वाचित निशा मल्ललाई सहकारीले सम्मान गरेको थियो ।

सम्मानपछि बोल्दै सहकारीको सम्मानले आफूहरु अत्यन्न खुसि भएको बताउदै देश र जनताको काममा समर्पित भई लाग्ने बताउनुभयो ।

सहकारी शिक्षा समितिका संयोजक एवं नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष क्या. फमबहादुर शाहीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारीका अध्यक्ष खिमबहादुर शाही, उपाध्यक्ष विष्णुकुमारी उच्चै र सचिव धनबहादुर शाहीले बोल्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*