Nepal Telecom

पोउवा संघद्धारा चीन जाने प्रतिनिधिमण्डलको बिदाई

पोखरा, २१ जेठ । पोखरेली उद्योगी/व्यवसायीहरुको एक प्रतिनिधीमण्डलले चीनको कुन्मिन सहरमा आयोजना हुने दक्षिण तथा दक्षिणी एसिया बस्तु प्रर्दशनी तथा लगानी मेला –२०१७ (SSACEIF) मा सहभागिता जनाउने भएको छ । चाइना काउन्सिल अफ प्रमोसन अफ इन्टरन्यासनल टे«डको आयोजनामा हुने मेला कुन्मिनको कुन्मिन डायन्ची हलमा चालु अङ्ग्रेजी वर्ष २०१७ को १२ जुन अर्थात जेठ २९ गतेबाट सुरु भई एक सातासम्म चल्नेछ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्व रहने टोली ४७ सदस्यीय हुनेछ । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार चीन सरकारको विशेष सदासयतामा हुने यो प्रदर्शनीमा पोखराको तर्फबाट सहभागिता जनाउने उद्योगी/व्यवसायी मित्रहरुले ६ वटा स्टल नै राखेर ह्याडीक्राफ्ट व्यवसायको प्रवद्र्धन गर्नेछन् । मेलामा सहभागि हुने प्रतिनिधिमण्डललाई संघका पूर्व अध्यक्ष संजिवबहादुर कोइरालासहित संघका अध्यक्ष र पदाधिकारीहरुले बिदाई गर्नुभएको संघका महासचिव दामु अधिकारीले जनाउनुभयो ।

टेक्टाइल र कपडाहरु, खानीजन्य पदार्थ, मेडिकल उपकरण र औषधीहरु, गहना, निर्माण सामाग्री, सजावटका सामानहरु, सूचना प्रविधी, ह्यान्डीक्राफ्ट र पर्यटन प्रवद्र्धनका सामाग्रीहरु उत्पादक तथा बिक्रेताहरुको कुम्भ मेलाको रुपमा रहेको यो प्रदर्शनीमा हुने सहभागिताले पोखराको पर्यटन प्रवद्र्धन तथा उद्यमशीलतामा नयाँ आयाम थप्ने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा वैदेशिक सम्बन्ध विभागका संयोजक प्रकाशदेव पालिखेका अनुसार चीनमा आयोजना हुने यो प्रदर्शनी दक्षिण एसियाकै ठूलो प्रदर्शनीमध्ये एक हो । चीनले वर्षेनी आयोजना गर्दै आएको चीन–दक्षिण एसिया मेलाकै पुरकको रुपमा यो प्रदर्शनीलाई लिइएको छ । मेलामा चीनले अगाडि सारेको वन बेल्ट वन रोड (ओबिओपी) को बारे बढी चर्चा गरिने छ । नेपालले समेत चीनले अगाडि सारेको रेशमी मार्गको परियोजनामा हस्ताक्षर गरी सकेको सन्दर्भमा भ्रमण ओबिओपीबाट नेपालले बढीभन्दा बढी लाभ कसरी लिन सक्छ भन्ने उदेश्यले निर्देशित रहने अध्यक्ष पाखिलेले जानकारी दिनुभयो । नयाँ विकासको लागि नयाँ अवसरको रुपमा व्याख्या गरिएको यो प्रदर्शनीमा सहभागि हुने क्रममा अध्यक्ष पालिखेले नेपालको लगानी नीति तथा लगानीका अवसरबारे छलफल समेत हुने जानकारी दिनुभयो
चीनको सहयोगबाट हामीले उज्यालो र सुरक्षित सहर पोखरा अभियानमा सहयोग पुगेको स्मरण गर्दै अध्यक्ष पालिखेले आगामी असोजदेखि पोखरा विमानस्थलको निर्माण युद्धस्तरमा गर्ने गरी तयारी भई रहेको जानकारी समेत दिनुभयो । पोखरालाई गार्डेन सिटीको रुपमा विकास गर्नको लागि चिनिया पक्ष सकारात्मक भएको जानकारी दिँदै उहाँले निकट भविष्यमा यो परियोजना सुरु हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ति

आदरणीय पत्रकारबन्धुहरु ! सर्वप्रथम पोखरा उद्योग वाणिज्य संघको निम्तो स्वीकार्दै यहाँ उपस्थिति जनाई दिनु भएकोमा म मेरो व्यक्तिगत र संघको तर्फबाट हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु । पत्रकार मित्रहरु ! पोखरेली उद्योगी/व्यवसायीहरुको एक प्रतिनिधीमण्डलले चीनको कुन्मिन सहरमा आयोजना हुने दक्षिण तथा दक्षिणी एसिया बस्तु प्रर्दशनी तथा लगानी मेला –२०१७ (SSACEIF) मा सहभागिता जनाउने लागेको खबर सुनाउ पाउँदा म हर्षित छु । Kunming Dianchi Convention and Exhibition Center मा यो प्रदर्शनी आयोजना हुनेछ ।

पत्रकार बन्धुहरु ! चालु अङ्ग्रेजी वर्ष २०१७ को १२ जुन अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रदर्शनी एक सातासम्म चल्नेछ । चीनमा आयोजना हुने यो प्रदर्शनी दक्षिण एसियाकै ठूलो प्रदर्शनीमध्ये एक हो । चीनले वर्षेनी आयोजना गर्दै आएको चीन–दक्षिण एसिया मेलाकै पुरकको रुपमा यो प्रदर्शनीलाई लिइएको छ । मेलामा चीनले अगाडि सारेको वन बेल्ट वन रोड (ओबिओपी) को बारे बढी चर्चा गरिने छ । नेपालले समेत चीनले अगाडि सारेको रेशमी मार्गको परियोजनामा हस्ताक्षर गरी सकेको सन्दर्भमा हाम्रो भ्रमण ओबिओपीबाट नेपालले बढीभन्दा बढी लाभ कसरी लिन सक्छ भन्ने उदेश्यले निर्देशित रहनेछ ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा म स्वयंसहित ४७ जनाको प्रतिनिधीमण्डलले मेलामा सहभागिता जनाउने छ । चीन सरकारको विशेष सदासयतामा हुने यो प्रदर्शनीमा पोखराको तर्फबाट सहभागिता जनाउने उद्योगी/व्यवसायी मित्रहरुले ६ वटा स्टल नै राखेर ह्याडीक्राफ्ट व्यवसायको प्रवद्र्धन गर्ने पनि म यहाँ जानकारी गराउन चाहन्छु । टेक्टाइल र कपडाहरु, खानीजन्य पदार्थ, मेडिकल उपकरण र औषधीहरु, गहना, निर्माण सामाग्री, सजावटका सामानहरु, सूचना प्रविधी, ह्यान्डीक्राफ्ट र पर्यटन प्रवद्र्धनका सामाग्रीहरु उत्पादक तथा बिक्रेताहरुको कुम्भ मेलाको रुपमा रहेको यो प्रदर्शनीमा हुने सहभागिताले पोखराको पर्यटन प्रवद्र्धन तथा उद्यमशीलतामा नयाँ आयाम थप्नेमा पोखरा उद्योग वाणिज्य संघ विश्वस्त रहेको छ ।

प्रदर्शनको क्रममा एसियन चाइनिज व्यवसायिक सम्मेलन,विभिन्न देशबाट मेलामा सहभागिता जनाउनेहरुले आफ्नो देशको लगानी नीति तथा लगानीको अवसरबारे समेत विभिन्न सत्रमा हुने छलफलमा सक्रिय सहभागिता पनि हाम्रो भ्रमणको अर्को उपलब्धी हुने मैले ठानेको छु । चीनले यो प्रदर्शनीको लक्ष्य नै “Win-win Cooperation through Amity, Sincerity, Mutual Benefit and Inclusiveness” at the level of strategic cooperation, while SSACEIF has the theme of “Creating New Opportunities for New Development”। भन्ने तय गरेको छ । पोखरेली प्रतिनिधीमन्डल चीनको यो उदेश्यमा खरो उत्रने मैले आशा गरेको छु । आदरणीय पत्रकार मित्रहरु, मित्र राष्ट्र चीनको सहयोगबाट हामीले उज्यालो र सुरक्षित सहर पोखरा अभियानमा सहयोग पुगेको यहाँहरुलाई अवगत नै छ । एक हजार थान सोलार लाइटले अहिले पोखरा झलमल्ल बनेको छ । एक आपसमा हुने द्धिपक्षीय भेटघाट र छलफलले आपसी भाईचारा बृद्धि हुनेमा हामी ढुक्क रहेका छौँ ।पोखराबाट अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीमा हुने यति ठूलो सहभागिता सम्भवत : यो नै पहिलो हो । पोखरा उद्योग वाणिज्य संघ यति भव्य प्रदर्शनीमा जाने प्रतिनिधीमण्डलको नेतृत्व गर्न पाएकोमा हर्षित रहेको छ । अन्त्यमा हाम्रो निमन्त्रणालाई स्वीकारी यहाँ उपस्थित हुनु भएकोमा पुनः कृतज्ञता जाहेर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

विश्वशंकर पालिखे
अध्यक्ष
पोखरा उद्योग वाणिज्य संघ
दिनाङ्क २१ जेठ/२०७४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*