Nepal Telecom

काङग्रेसद्धारा कास्कीका ४ विद्यालयमा कम्प्युटर हस्तान्तरण

नेपाली काङग्रेस पोखरा–१९ ले साविक पुरुञ्चौर गाविसका ४ विद्यालयलाई मंगलवार कम्प्युटर प्रदान गरेको छ । सुचना र प्रविधिको विकाससँगै विद्यालयमा कम्प्युटरको आवश्यकतालाई मध्यनजर गर्दै २/२ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा शिवपुरी आधारभूत विद्यालय, पुरुञ्चौरका प्रधानाध्यापक गोविन्द पौडेल, धारा आधारभूत विद्यालय, पातलेका प्रधानाध्यापक विष्णु गौतम, विन्देश्वरी मावि, तल्लाकोटका प्रधानाध्यापक श्रीधर पौडेल र शिवेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशराज पौडेललाई प्रदान गरियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवम् प्रधानमन्त्रीका पूर्व सल्लाहकार बाबुराम आचार्य, नेपाली काङ्ग्रेसकी जिल्ला सदस्य लक्ष्मी पाण्डे, पूर्व जिल्ला सदस्य पुष्पेन्द्र पाण्डे, क्षेत्र नं. ४ का सचिव खिमलाल बास्तोला, क्रियाशिल सदस्य कमल थापा, दलित संघका सभापति राम बहादुर नेपाली, नेपाली काङ्ग्रेस वडा नं. १६ का पदम सिंह गुरुङ, भानुभक्त पौडेल, हरि अधिकारी, बोधराज अधिकारी, हरि गिरी, काङग्रेस वडा नं. १९ का सचिव एवम् प्रवक्त विष्णु बास्तोला प्रकाश लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधारीको पनि सहभागिता रहेका थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*