TUESDAY DEC 11, 2018

पेट्रोलियम प्रदार्थको मूल्यवृद्धि कूनमा कति बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।
नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँचले बढाइएको निगमले जनाएको छ ।
नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ८३ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।

Facebook Comments