SUNDAY JUL 21, 2019

इक्यान कास्कीद्धारा शैक्षिक सामग्री हस्तान्तरण

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि परामर्श सेवा प्रदान गर्दै आइरहेका परामर्शदातृ संस्थाहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) स्थापनाको २२औं वर्ष पुगेको छ । सो अवसरमा इक्यान कास्कीले श्री सहारा बाल आधारभूत विद्यालय बसपार्क पोखराका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयका २ सय ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव भुवन क्षेत्रीले बताए । इक्यानका केन्द्रीय सदस्य कर्णबहादुर गुरुङले स्थापना दिवसमा शैक्षिक सामग्री वितरण गरेर इक्यान कास्कीले रचनाात्मक काम गरेको भनाइ राखे ।

संस्थाले समय समयमा सामाजिक कामहरु गर्दै आइरहेको कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले बताए । संस्थाका सदस्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख ओम प्रकाश गैरैको संयोजकत्वमा भएको कार्यक्रममा इक्यान कास्कीको सहयोगले विद्यार्थीहरु लाभान्वित भएको प्रधानाध्यापक लोचना अधिकारीले बताइन् ।

Facebook Comments