FRIDAY MAY 24, 2019

आज देखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुला

दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आज देखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ। भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको हिजो बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए।

Facebook Comments