FRIDAY NOV 16, 2018

वात्स्यायन बृद्धाश्रमलाई प्रिजम सेण्टद्धारा सहयोग

पोखराको न्यूरोडमा रहेको चार्टर्ड एकाउण्टेन्सी अध्यापन गराउने प्रिजम सेण्टर अफ लर्निङले दशैँको अवसरमा बृद्धबृद्धाहरुलाई लत्ताकपडा, खाद्यान्न र औषधी र वितरण गरेको छ ।

प्रिजमका निर्देशक विनित थापाका अनुसार दशैँमा एक्लोपन महशुस नहोस् भन्ने उदेश्यले शनिबार पोखराको बाच्छेबुडुवामा रहेको वात्स्यायन बृद्धाश्रममा रहेका २२ बृद्धबृद्धाहरुलाई बिहानको खाना, थर्मल कपडा र जुत्ता, एक थान राइसकुकर, औषधी र नगद र प्रत्येकलाई नगद ५५ रुपैयाँ प्रदान गरिएको हो ।

सामाजिक उत्तरदायित्व बहनको कला समेत सिकाउँदै आएको प्रिजमका विद्यार्थीहरुले आफ्नो पकेट खर्च कटाएर केही रकम बृद्धाश्रमलाई दिने घोषणा गरेका थिए । उनीहरुको अभियानमा प्रिजम तथा त्यहाँका शिक्षकहरुले सहयोग पु¥याएको निर्देशक थापाले बताए । प्रिजमले अघिल्लो वर्ष दशैँकै बेलामा विन्ध्यबासिनी मन्दिरमा आश्रित व्यक्तिहरुलाई भोजन दान गरेको थियो । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्की र कार्यालय सचिव युवराज वाग्लेको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments