TUESDAY DEC 11, 2018

पहिलो वर्डक्याम्प पोखरा २०१८ सम्पन्न

वर्डप्रेस पोखराको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वर्डक्याम्प पोखरा २०१८ पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।

सन् २०१२ देखि हरेक वर्ष काठमाडौंमा वर्डक्याम्प आयोजना भए तापनि राजधानी बाहिर पोखरामा पहिलो पटक भएको हो ।

विश्वमा निर्माण हुने वेवसाइटको ३० प्रतिशत बढी वेबसाइट वर्डप्रेस प्रयोग गरी बनाइने र कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेकोले वृहत् चर्चा परिचर्चा गर्न गराउनका लागि क्याम्प आयोजना गरिएको लिड अर्गनाइजर पितमबहादुर सेनले बताए ।

सामुुदायिक हितका लागि आयोजना गरिएको वर्डक्याम्पमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, कम्पनी, प्रशासन, विद्यालय, कर्मचारी, शिक्षक, पत्रकार, पर्यटन व्यवसायी, वेव डेभलपर लगायत चार सय ३० जना वर्डप्रेस पारखी सहभागी भएका थिए ।

होटल ग्राण्डको अन्नपूर्ण र मनास्लु हलमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म एकै समयमा शुरु भएको सेमिनार नेपाली र अंग्रेजी भाषामा सहजीकरण गरिएको थियो । सेमिनारलाई सम्बोधन गर्नका लागि मुख्य आकर्षणका रूपमा भारतको गुगल सर्च क्वालिटी टिमकै विज्ञ आशेश मरिनाले म्यानेजिंग योर अनलाइन प्रिजेन्स अन गुगल सर्च विषयमा र अभिषेक देशपाण्डेले मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट विषयमा सहजीकरण गरेका थिए । यस्तै जापानका ताकायुकी मियाउचीले उइ लभ अटोमेसन : एण्ड इन्टोक्सन टु डब्लु पी सिएलआइ विषयमा सहजीकरण गरी कम्प्युटर कमाण्डै सहायताले ड्रोन क्यामेरालाई कन्ट्रोल गरी डेमोस्टे«सन गरेरै देखाएका थिए । यस्तै गरी बंगलादेशका मिजानुर रहमन मिजानले कन्ट्रिबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय शीर्षकमा सहजीकरण गरेका थिए ।

जापान, बंगलादेश, भारतसहित काठमाडौं र पोखराका लक्ष्मी गिरी, मदन पन्थी, सुशील जिसी, चित्रराज भण्डारी, नारायण कोइराला, अभिषेक रिजाल, निरञ्जन उदास, शुरभ शर्मा, निशाल गुरुङ, विक्रम अधिकारी, सीता क्षेत्री, सन्दिलिया काफ्लेले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

१० लाख भन्दा बढी खर्च भएको सेमिनारलाई उकमर्स, जेटप्याक, वेवपेज नेपाल, थिमम, गोड्याडी, डब्लुपिड्रिजल, योष्ट एकेडेमी, ब्लु होस्ट, डब्लुपी इआरपी, नेपकम्स सर्भिसेस, डब्लुपी ट्राभल, कोड पिक्सेल्ज मिडिया, पिकप्लगइन्स, डब्लुपी फ्याक्ट्री, स्क्यानसफ्ट विल्डर्स, उर्जा ल्याब, डिजाइन्स नेपाल क्रियटिभ सोलुसन, एक्स एल सफ्टटेक, स्तुपा टेक्नोलोजी, मण्डला आइटी सोलुसन्स र स्टिकरम्युललगायतका संस्थाले प्रायोजन गरेको प्रचारप्रसार संयोजक सिर्जना थापाले जानकारी दिइन् ।

कार्यक्रम सम्पन्न गर्नका लागि पितमबहादुर सेनको संयोजकत्वमा मुख्य र विभिन्न दर्जन ज्यादा उप–समिति गठन गरिएको थियो ।

Facebook Comments