MONDAY APR 22, 2019

गोर्खाकालिका युवा क्लबको १३औं वार्षिकोत्सव सम्पन्न

कास्कीको रुपा गाउँपालिका वडा नं. ४ ठकुरी वस्तीमा रहेको श्री गोर्खा कालिका युवा क्लबको १३औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्लब १३औं वसन्त पार गरेको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै क्लबले आयोजना गर्दै आइरहेको गाउँस्तरिय भलिवल प्रतियोगिताले यस क्षेत्रको खेलकुदको विकासमा ठूलो योगदान पुगेको बताउनुभयो । साथै रुपा गाउँपालिकाका हरेक वडामा खेलकुद मैदान निर्माण गर्ने बताउनुभयो ।

उक्त अवसर अध्यक्ष ओझाले साविक वडा स्तरिय खुल्ला भलिबल प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार, प्रमाणपत्र, ट्रफी एवं मेडल प्रदान गर्नुभएको थियो ।

भलिवल प्रतियोगितामा तनहुँको भानुमती, चैनपुरका शान्ती देवि युवा क्लब प्रथम, रुपा ४ माउँडाडा कास्कीका सिद्धेश्वर युवा क्लब द्धितिय र आयोजक श्री गोर्खा कालिका युवा क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तृतिय हुन सफल समूहले क्रमशः ३०, २० र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा सिद्धेश्वर युवा क्लबका विजय ठकुरीले उत्कृष्ट खेलाडी, शान्ती देवि युवा क्लबका मनिश शाहीले उत्कृष्ट लिफ्टर र त्रिवेणी युवा क्लब लम्जुङ्ग अनुशासित समूहको विशेष पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

कास्की, तनहुँ र लम्जुङ्गका २६ समूहको सहभागिता रहेको उक्त प्रतियोगिता ४ दिन सम्म चलेको थियो ।

सुन्दर एवं रमणीय स्थानमा रहेको ठकुरी वस्तीलाई खेल एवं संस्कृतिको माध्यमबाट गाउँलाई परिचित गराउनको निमित्त कार्यक्रम आयोजना गरिएको क्लबका सल्लाहकार मदन मल्लले बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा गोर्खाकालिका युवा क्लबका साँस्कृतिक समूहले विभिन्न लोक नृत्यहरु प्रस्तुत गरेका थिए ।

क्लबका अध्यक्ष निरज शाहीका अध्यक्षतामा भएको कार्यक्रममा राजबहादुर शाही, रुपा ४ का वडा सदस्य रबिन ठकुरी, वडा अध्यक्ष मुकुन्दबहादुर बंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments