TUESDAY SEP 17, 2019

महिला उद्यमीलाई ब्यवसाय ब्यवस्थापन तालिम

औद्योगिक ब्यबसाय विकास प्रतिष्ठान पोखराले महिला उद्यमीहरुलाई पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार सम्बन्धि तालिम प्रदान गरेको छ ।

व्युटि पार्लर एशोसियसन कास्की ८ को संयोजकत्वमा भएको उक्त तालिममा कास्की र स्याङ्जाका व्युटिपार्लर, कस्मेटीक, झोला बुनाई लगायतको पेशा व्यवसाय गरिरहेका २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो।

सहभागीहरुलाई औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान कार्यालय प्रमुख रामप्रसाद तिवारीले व्यवसायी र ग्राहक विचको सम्बन्ध, व्यवसायको विकास तथा विस्तार गर्ने सम्बन्धि आदिको बारेमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा व्युटि पार्लर एशोसियसन कास्कीकी अध्यक्ष कल्पना कोइरालाले तालिमले व्यवसायीहरुलाई हौसला मिलेको बताउनुभयो ।

औद्योगिक ब्यवसाय विकास प्रतिष्ठान कास्कीका प्रमुख रामप्रसाद तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम व्युटि पार्लर एशोसियसन कास्की पोखरा ८ की सचिव बबिता केसी कार्कीले संचालन र स्वागत समिता श्रेष्ठले गरेकी थिइन्।

Facebook Comments