SUNDAY JUL 21, 2019

हिमालय क्लवद्धारा अवलोकन भ्रमण सम्पन्न

हिमालय क्लव पोखरा १६ बाटुलेचौरको नियमित बार्षिक कार्यक्रम नवलपूर जिल्लाको अमलटारीमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

थारु साँस्कृतिक रहनसहनको अध्ययन गर्न हिमालय क्लवको एक टोली सो स्थानमा पुगेको थियो । सहभागी टोलीलाई होमस्टे व्यवस्थापन समितिले स्वागत गरेको थियो । सहभागीहरुले थारु साँस्कृतिक कार्यक्रम, नवलपुरको शाश्वत धाम र मूनाल फुड्स प्रा.लि.को पनि अवलोकन गरेका थिए ।

गैंडाकोट नवलपुरमा रहेको विजय विकास श्रोत केन्द्रसँग हिमालय क्लवले अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका अध्यक्ष मोहनबहादुर थापा, प्रथम उपाध्यक्ष सुशील बस्नेत, कोषाध्यक्ष शिवराज देवकोटा, सचिव प्रकाश थापा, जूनकीरीको सन्देश त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सिनाले क्लवका तर्फबाट आफ्ना धारणा राखेका थिए । केन्द्रका श्रोत व्यक्ति प्रेम सापकोटाले श्रोत केन्द्रका गतिविधि बारेमा जानकारी गराएका थिए ।

दुइदिने अवलोकन भ्रमणमा सहभागीहरुलाई हिमालय क्लवको मैत्री संस्था मस्र्याङदी युथ कलवले तनहुँको आँवुखैरेनीमा टीका र खादा प्रदान गरी विदाई गरेको थियो । भ्रमण कार्यक्रममा ४० जनाको सहभागीता रहेको भ्रमण कार्यक्रम संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष सुशील बस्नेतले जानकारी दिएका दिएका छन् ।

Facebook Comments