SUNDAY JUL 21, 2019

हाइकर्स क्लब नेपालद्धारा तेस्रो संस्करणको हाईकिङ्ग सम्पन्न

हाइकर्स क्लब नेपाल पोखराको आयोजनामा शनिबार अष्टे«लियन बेस क्याम्प सम्मको एक दिने हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्बर ३ काँडेदेखी सुरु भएको हाईकिङ्ग अष्ट्रलियन बेस क्याम्प, पोथना, धम्पुस हुदै माछापुच्छे« गाँउपालिका वडा नम्बर ७ फेदीमा पुगेर सकिएको थियो । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हाईकिङ्गमा १५ किलोमिटरको लामो दुरी हिडेर करिव ६ घण्टामा हाईकिङ्ग पुरा गरेका थिए ।
हाईकिङ गर्दै हिडेपछि त्यहाको प्रकृति, गाँउ ठाँउको चालचलन, भेषभुषाहरुकोे प्रचारप्रसारमा सहयोग पुग्ने हाईकर्स क्लब नेपाल, पोखराका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णबहादुर रानाभाटले बताउनुभयो ।

हाईकिङ स्वास्थ्यको दृष्टिकोणका हिसावले फाइदा हुनुका साथै साथीभाई विच भाईचारा कायम र अनुभवहरु साटासाट गर्दै स्थानीय पर्यटनको प्रवद्र्धनमा मद्दत पुग्ने हाईकिङमा सहभागि सञ्चारकर्मी तथा व्यबसायी कृष्ण क्षेत्रीले बताउनुभयो ।

हाईकिङको टोलीमा पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, पत्रकारहरु र विद्यार्थीहरु गरी २५ जनाको सहभागिता रहेको थियो । पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना अनुसार आगामी असार २८ गते काहुँडाँडामा हाईकिङ्ग गर्ने निर्णय गरिएको हाईकर्स क्लब नेपाल, पोखराका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । साथै यसअघि पोखराको शान्ति स्तुपा तथा निर्मलपोखरीको हाइकिङ्ग सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो ।

Facebook Comments